आज राती सपनीमा मनको मीत देखें
बिम्झेपछि विपनीमा मिठो गीत लेखें
संगै थियौं हामी दुई उस्तै नजिक मन
आँखाहरु बोल्थे अनि बढ्थे धड्कन झन
चिसो बढ्दै जाँदा मैले तिम्रो प्रित सेकें
बिम्झेपछि विपनीमा मिठो गीत लेखें
साक्षी हाम्रो मायाका ती ताराहरु थिए
संगै बाँचौ संगै मरौं नाराहरु थिए
साँच्न तारा बाँच्न नारा चिसो शीत छेकें
बिम्झेपछि विपनीमा मिठो गीत लेखें
आज राती सपनीमा मनको मीत देखें
बिम्झेपछि विपनीमा मिठो गीत लेखें
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
