तिमी छाल, म किनार – !

Neeta, K.c., Bhattarai, नीता केसी भट्टराई, pallawa, पल्लव

नीता केसी भट्टराई

सायद समुन्द्र हो जीवन
अनि म किनार – !
सायद समुन्द्र हो जीवन
अनि तिमी छाल – !

सायद समुन्द्र हो प्रेम
अनि म प्रेमीका
सायद छाल हो प्रेम
अनि तिमी साधीका

 

किनार र छाल हामी
क्षणिक नाता यो
किनार र छाल हामी
विछोड नै विछोड यो

विह्वल छु म
तिम्रो प्रतिक्षामा सधै
अघीर छु यो
तिम्रो मिलनमा सधै

छाल हौ तिमीलाई
फर्कनु पर्ने बाध्यता
किनार हुँ म
प्रतिक्षा गर्नु पर्ने विवशता

प्रतिक्षाको यही क्रममा
जीवन सिद्धिएको हेर्नु पर्ने मैले
प्रतिक्षाको यही क्रममा
मलामी रित्तिएको हेर्नु पर्ने मैले

तिम्रो प्रतिक्षामा
मुर्दाको साक्षी बने म
तिम्रो प्रतिक्षामा
मशानको कुर्ने लाक्षी बने म

तिमी छाल म किनार
तिमी चन्द्रमा म चकोर
हामी बिचको दुरी बन्यो
विवशताको यो पर्खाल – !!!

यो मन डढेर के भो, मुस्कुराएकै छु
तिमी पराई भएर के भो,सधै सम्झेकै छु
मेरो आत्मीयताको मुल्याकन इर्श्या पो मान्यौ
देबी हुँ म ‘त्यागकी’,प्रेमको चिता सजाएकै छु – !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.