‘ताप’ उपन्यासमा अभिव्यञ्जित मानवीय रापहरू

Surendra, Asthaphal, सुरेनद्र अस्तफल, pallawa, पल्लव

सुरेनद्र अस्तफल

१.    आमुख
शारदा शर्मा -२०१५) नेपाली आख्यान, निबन्ध र कविताका क्षेत्रमा बलियो रूपमा कलम चलाउने स्रष्टा हुन् । माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा उनको जन्म थुम गाउँ, चिलाउनेबास स्याङ्जामा भएको हो । उनले प्राणीशास्त्रमा बी.एस्सी. तथा नेपाली भाषा र साहित्यमा एम.ए. गरेकी छन् । नहार्ने योद्धालाई मेरो बधाई कविता वि.सं. २०३९ सालमा वी.पी. विशेषाङ्कमा प्रकाशित गरी औपचारिक रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी शारदाका हालसम्म सातवटा कृतिहरू प्रकाशित छन् । जीवन र जगत्का उहापोहहरूलाई आफ्नै दृष्टिले अँगाल्ने शर्मामा मूलतः अस्तित्वबोधी चिन्तन पाइन्छ ।


शारदा शर्माको व्यक्तित्व सम्पादक तथा स्तम्भलेखकका रूपमा अघि बढेको देखिन्छ । उनले संवन्सर पाक्षिक -२०४०-२०४२), नियोजन त्रैमासिक -२०४३-२०५३) जस्ता पत्रिकाको कुशल सम्पादन गरेको देखिन्छ । त्यस्तै शर्माले स्तम्भलेखकका रूपमा नयाँ बाटो -२०४५-२०४६), पुनर्जागरण -२०४६-४८), विमर्श -२०५७-५९), रूपान्तरण -२०५९), कान्तिपुर -२०६५-२०६९) जस्ता पत्रिकामा आफ्नो उपस्थिति दह्रो बनाएको देखिन्छ भने वर्तमान उनी कान्तिपुर दैनिकमा स्वतन्त्र लेखन गरिरहेकी छिन् । शर्मा विभिन्न साहित्यिक संस्थाहरूमा रही आफ्नो व्यक्तित्वको प्रदर्शन गरिरहेकी छन् । नेपाल प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय कविता महोत्सव तथा जगदम्बा श्री पुरस्कार गुठी र मदन पुरस्कार गुठीमा संलग्न रही आफ्नो प्राज्ञिक व्यक्तित्वलाई उजागर गरेकी शारदा एसियाली साहित्यिक सम्मेलन, र्सार्क साहित्य महोत्सवमा समेत सहभागी भई नेपाली साहित्यको उन्नयनमा लागि परेकी स्रष्टा हुन् ।
चालीसको दशकदेखि सशक्त रूपमा साहित्ययात्रामा प्रवेश गरेकी शर्माका सीमान्त अनुभूति
-२०४४), युद्धोपरान्त -२०४९), स्वर्णसूत्र -२०५२), कवितासङ्ग्रह, आस्थाको भग्नावशेष -२०४८) कथासङ्ग्रह, विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्र -२०५३) समीक्षाग्रन्थ तथा अग्निर्स्पर्श -२०६३) निबन्धसङ्ग्रह, भुइँफूलको देश -२०६८) यात्रा-निबन्ध र ताप -२०६९) उपन्यास प्रकाशित छन् । यस आलेखमा शारदा शर्माको नवीनतम आख्यान ताप उपन्यासको विश्लेष गरिएको छ ।

२.    ‘ताप’ उपन्यासको विश्लेषण
साङ्ग्रिला प्रकाशन, काठमाडौँद्वारा प्रकाशित ताप उपन्यास शर्माको पहिलो औपन्यासिक कृति हो । ३२५ पृष्ठहरू, तेह्रवटा शीर्षकीकृत खण्डहरू, आमुख र उपान्त्य तथा परिशिष्ट खण्डमा विभाजित यस उपन्यासमा मानवीय तापका विविध रापहरूलाई सघनताका साथ प्रस्तुत गरिएको छ । उपन्यासको आदि भागमा कृतज्ञता र प्रेम शीर्षकमा उपन्यासलेखनको ऊर्जास्रोत प्रस्तुत गरिएको छ भने प्रवेशद्वार शीर्षकमा पानीमा देखिने तस्बिर सत्यजस्ता देखिए पनि यथार्थमा तिनीहरूलाई छुन नसकिएझैँ उपन्यासमा अभिव्यञ्जित यथार्थ र कल्पनाले पाठकहरू अन्यौलमा पर्नसक्ने सम्भावना औँल्याउँदै संसारको यथार्थ नै अन्यौल रहेको भाव प्रकट गरिएको छ† जसले उपन्यास पढ्नुपर्ूव पाठकलाई सचेत र संयमी बन्न आग्रह गरेको छ ।
ताप उपन्यासलाई औपन्यासिक तत्त्वका आधारमा निम्नानुसार दृष्टिप्रक्षेपण गरिएको छ ः
-क)    कथानक
यस उपन्यासमा तेह्रवटा उपशीर्षकहरू तथा आदि भागमा आमुख र अन्त्यमा उपान्त्य शीर्षक दिई कथावस्तुलाई सरलीकृत रूपमा प्रस्तुत गरिएको छ । पूर्वदीप्ति प्रणाली अपनाएर लेखिएको यस उपन्यासमा आमुख, सुजाता, गुम्बाको बाटो, बौद्ध गुरुकुल, कालकोठरी, मुक्तियात्रा, चन्द्रिका महारानी, सन्ताप, शिमलाका सम्झना, पराशर कुँवर, कैवल्य आश्रम, प्रोफेसर यमन, माता उपासिका, गुरु कैवल्य र उपान्त्य शीर्षकमा कथाका तन्तुहरूलाई जोडिएको छ ।
वृत्ताकारीय शैलीमा लेखिएको उपन्यासको कथानक सुजातालाई गुम्बाकी मूलगुरुको प्रतिष्ठा दिन टुल्कु छोडेन रिन्पोछे आउने कुरा सुलक्षणा आनीबाट व्यक्त गर्दै विषयवस्तुको उठान गरिएको छ । अमेरिकामा दर्शनशास्त्रमा मार्स्र्टस गरेकी सुजाता दस वर्षभिक्षुणी दीक्षा ग्रहण गरेपछि गुम्बाकी प्रथम गुरुमा बन्दै छे । महास्थविरा सुजाताको अन्तर्चेतनामा रहेको आमा चन्द्रिकाप्रतिको व्रि्रोही भावलाई आमुख शीर्षकमा सङ्केतीकरण गरिएको छ, जुन सुजाताको स्वप्नको रूपमा प्रकटीकरण छ ।
कथानक सुजाताको विगतको घटना स्मरणबाट अगाडि बढ्छ । सिपाहीले लगाएका ताटेपाङ्ग्रे कपडाले उसलाई सपनामा चिथोर्नु, गुम्बाका नियम, मार्स्र्टस पढ्दाको यान्त्रिक जिन्दगी, नेपाल फर्केपछि विश्वविद्यालयमा पढाउने क्रममा आलोकसँग बढेको निकटता, विवाह गर्न अस्वीकार गरेपछि आलोकसँग सम्बन्ध विच्छेद हुनु, गुम्बामा पुरुष भिक्षु दस वर्षा स्थविर, २० वर्षा महास्थविर हुनु तर महिला भिक्षु आनी मात्र बन्न सक्ने अवस्था र भिक्षुले २२७ शील र भिक्षुणीले ३११ वटा शील धारमा गर्नुपर्ने नियमप्रति सुजाताको असहमति, आनी याङ्छेनको स्वच्छन्दता, केही समय अस्पतालमा बसेपछि डाक्टरको सल्लाहबमोजिम विश्रान्ति नामको मानसिक केन्द्रमा भर्ना गरिएको पूर्वस्मृतिलाई सुजाता शीर्षकमा प्रस्तुत गरिएको छ ।
गुम्बाको बाटोमा लामा पाल्देनको विलासितालाई प्रस्तुत गरिएको छ । सुजाताकै वर्णनविवरणमा अगाडि बढेको यस खण्डमा आनीहरूले सिनेमा लुकिलुकी हेरेको प्रसङ्ग, जीवनमा राग बलवान भएको सर्न्दर्भ, भिक्षुणीहरूले आफूभन्दा कम उमेरका भए पनि गुरुको आदर गर्नुपर्ने, शिक्षा लिनुपर्ने विभेदलाई प्रकटीकरण गरिएको छ ।
बौद्ध गुरुकुलमा सुजाताले भिक्षुणी सङ्घमा सुधारको आवश्यकता रहेको तथ्यबाट कथानक अगाडि बढेको छ । खेन पो सुदर्शनसँगको सुजाताको बौद्धिक संवादले चरमोत्कर्षा प्राप्त गरेको छ । यसै सर्न्दर्भमा गुम्बाको सर्न्दर्भमा मुक्तिको धारणा प्रस्तुत गरिएको छ । व्रि्रोही स्वभावको मुक्तिले नेपालका डाँडाकाँडामा रहेका पाँचतारे होटलजस्तै विशाल गुम्बाको निर्माणमा धनराशि कहाँबाट प्राप्त हुन्छ भन्दै यो बुद्ध धर्मको नाम दिएर चीनमाथि निगरानी राख्ने अमेरिकी रणनीति ठान्दछ । यस किसिमको अनुत्पादक संरचनामा लाखौँ धनराशि खर्च भएकोमा रोष प्रकट गर्दछ । खम्पा विद्रोहको कुरा उठाउँदै शिवपुरीको गुम्बामा हतियार थुपारिएको कुरा गर्दा सुजाताले प्रतिकार गर्छे सानो गुरुको चितुवाबाट अप्रत्यासित रूपमा आक्रमण र मृत्यु भएपछि आनी सुलक्षणालाई गुम्बाबाट निकाल्नुपर्ने सुदर्शन खेन पोले विचार राख्दछन् । आनी सुलक्षणामाथि अनावश्यक लाञ्छनाको सभामा सुजाताले प्रतिकार गर्छे अवतारी गुरु पुरुष मात्रै हुने कारण सोद्धा गुरु चुप हुन्छन् । अन्ततः सुजातामा अध्यात्मको आगो छ भन्दै गुरु नागार्जुन फर्कन्छन् ।
कालकोठरीमा सुजाताको सक्रिय र भौतिक जीवनमा पूर्णविराम लागेको कारुणिक अवस्थाको चित्रण छ । आमा र छोरीको वार्तालापबाट सुरु भएको यस भागमा छोरी सुजाताको डान्स र डिस्कोगमन रोक्न खोज्दा सिर्जित अवस्थादेखि चन्द्रिका साह्रै आहत हुन्छिन् । सुजाता हाकाहाकी स्वतन्त्रताको पक्षमा उभिन्छे । डिस्कोबाट अबेर राति फर्किएका मुक्ति र सुजाता सेनाको र्सच अपरेसनमा पक्राउ पर्दछन् । माओवादी मुक्तिको मतियार ठानी सुजातालाई पनि आँखामा पट्टी र हात बाँधी निर्मम तरिकाले भैरव गणमा राखिन्छ । सुजातासँगै भैरव गणमा मायालाई गरिएको सैनिक कारवाहीको वर्णनले आङ जिरिङ्ग पार्छ । गर्भिणी मायालाई माओवादी छाउरो झराल भन्दै बुट र कुन्दाले हिर्काएको घटनाले सैनिक हिरासतको कठोरता प्रस्ट हुन्छ । चन्द्रिकाले आइसिआरसी लगायत अन्य संस्थामा उजुरी गरेपछि सुजातालाई घनघोर जङ्गलमा छोडिन्छ । त्यसपछि तिनै सैनिकहरूद्वारा बलात्कृत भई बेहोस हुन पुग्छे ।
मुक्तियात्रामा अर्थात् चितवन घर भएको मुक्तिनाथ दाहालको वर्ण्र्ााविवरण दिइएको छ । भैरव गणले शिवपुरी जङ्गलमा बलि दिन खोज्दा भागेको केही समयपछि ऊ आश्रममा पुगेको छ । युद्धको क्रममा सुराकीको आरोपमा रुबेल चौधरीको बाबु सुन्दर चौधरीलाई उसकै अगाडि कमरेड बतासले टुक्राटुक्रा बनाएको घटनाले ऊ आहत भएको छ । त्यस्तै २०५८ जेठ १९ को राजदरबार हत्याकाण्ड, असार २८ गतेको रोल्पाको होलेरी चौकी आक्रमण, राजा ज्ञानेन्द्रले साथ दिएको प्रसङ्ग, ७१ प्रहरी अपहरित भएको र अन्ततः गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिएको कुरा प्रस्तुत गरिएको छ । आफ्ना बाबुलाई सेनाको मान्छेले अपहरण गरेर मारेको, यसको विरोध गर्दा कोरा बसेको अवस्थामा नै आफ्नै अगाडि बहिनीको बलात्कार भएको घटनापछि बहिनी र आफू माओवादी बन्न विवश भएको तथ्य उजागर गरेको छ भने धेरैपछि उसलाई व्यापक बलिदानीका तुलनामा भविष्यमा प्राप्त हुने उपलब्धिप्रति शङ्का लागेपछि माओवादी छोडी ऊ काठमाडौँमा बस्न थाल्दछ । यस्तैमा प्लेटिनम डिस्कोबाट फर्कंदै गर्दा सेनाको र्सच अपरेसनमा सुजातासँगै समातिन्छ ।
उपन्यासकी प्रमुख पात्र चन्द्रिका महारानी अर्थात् पूर्णचन्द्रिका राज्यलक्ष्मी राणा १९९० सालमा पाल्पा धपाइएका रुद्र शमशेरका छोरा शङ्कर शमशेरकी छोरी हुन्छिन् । भारतको शिमलामा बस्दै आएकी चन्द्रिकाको परिवार प्रजातन्त्रप्रति उदार हुन्छ । विवाह गर्न अस्वीकार गरेपछि बेलायतमा सानीमुमाको घरमा पढ्ने व्यवस्था मिलाइएको हुन्छ । सानोबुवा अरबिन्दबाट हातपात हुन थालेपछि एस्लीलाई रुमपार्टनर बनाएकी चन्द्रिकाको गोर्खाको प्रभाकरसँग भेट हुन्छ । मार्स्र्टस सकिएपछि प्रभाकरसँग हिन्दू धर्मअनुसार वैवाहिक बन्धनमा बाँधिएकी चन्द्रिका नेपाल फर्किन्छन् । प्रभाकरको घरको बुहार्तन खप्न नसकेपछि प्रभाकरसँग सम्बन्ध विच्छेद गरी स्वतन्त्रापूर्वक जीवन चलाउँछिन् । सिङ्गल मदरको रूपमा सुजातालाई हर्ुकाउने पढाउने जिम्मा चन्द्रिकाले लिन्छिन् भने प्रभाकर लन्डन प्रस्थान गर्छन् ।
सन्तापमा छोरीको स्वच्छन्दताबाट आहत भएकी चन्द्रिकाले घटनाविवरण सुनाएकी छिन् । आइएनजिओमा काम गर्नुपरेकोले छोरीलाई समय दिन नसकेको, सुजाताले आमाको चरित्रमाथि शङ्का गरेको, आफ्नो स्वतन्त्रतालाई बाधा नगर्न सुजाताले आमालाई चेतावनी दिएको, बुवाबाट आफूलाई अलग राखेकोमा व्रि्रोह गरेको देखाइएको छ । छोरीलाई भैरव गणमा थुनिएको कसैबाट थाहा पाएपछि छाँगाबाट खसेकी चन्द्रिका यहाँबाट पनि अन्तै लगेको थाहा पाएपछि सन्तापमा रुमलिन पुग्छिन् ।
शिमलाका सम्झनामा चन्द्रिकाले बालककालमा मीठा सम्झना प्रस्तुत गरेकी छन् । दिल्ली युनिभर्सिटीबाट राजनीतिशास्त्रमा मार्स्र्टस गरेको यमनसँग चन्द्रिकाका बाबुले चिठी पठाएर छोरी सुजाताको खोजी गर्न यमन र पराशर कुँवरसँग सहयोग माग्ने सल्लाह दिएका छन् ।
पराशर कुँवरमा नेपालका तत्कालीन राजकुमार बेलायतको इटन कलेज पढ्दाका साथी पराशरको स्वेच्छाचारिता देखाइएको छ । चन्द्रिकालाई मन पराउने पराशर राजाको प्रत्यक्ष शासनमा गृहमन्त्री बनेको परासरसँग चन्द्रिकाले छोरी सुजाता खोजिदिन आग्रह गरेको देखाइएको छ ।
कैवल्य आश्रममा अक्युट ड्रि्रेसनबाट आहत चन्द्रिकालाई प्रस्तुत गरिएको छ । उनी चन्द्रगिरीको विपश्यना शिविरमा यमनका साथ उपचार्रार्थ पुगेकी छन् । गुरुबाट संसारमा आदिभौतिक, आदिदैविक र आध्यात्मिक तापको शमन श्रीमद्भागवतले गर्नसक्ने कुरा थाहा पाएकी चन्द्रिकामा गुरुप्रति अतृप्त रागहरू पलाउन थाल्दछन् । गुरुले आफूलाई अनित्य संवेदनाहरूको पिण्ड मात्र ठानेकोमा आगो हुँदै अझै पनि आफूलाई जोगीसँग रस पैदा गर्ने सामर्थ्य भएको सोच्दछिन् ।
प्रोफेसर यमनमा यमनले आफ्नो विगत कोट्याएको छ । उसले जापानी आइको नाम गरेकी केटीसँग विवाह गरेको, छोरी हिमाली जन्मिएकी तर बाध्यताले छुटिनु परेको जीवनकथा बताउँछ । चन्द्रिकालाई लिएर विश्रान्ति आश्रममा सुजातालाई भेट्न गएको यमन सुजाताको आमाप्रतिको आक्रामक व्यवहार देखेर छक्क पर्छ । आमा चन्द्रिकाले बुवालाई तिरस्कार गरी आफूलाई भेट्न नदिएकोमा अचेतावस्थामा समेत आमाप्रति तिरस्कृत भाव प्रकट गर्छ
माता उपासिका गुरु कैवल्यकी पत्नी, उपासिका मानन्धर रहेकी छिन् । बाउल सम्प्रदायबाट प्रभावित बनेकी उपासिकाको अन्ततः आफ्नै इच्छामा सत्र वर्षजेठा कैवल्यसँग विवाह हुन्छ । कैवल्य आफू सक्षम बन्दै गएपछि रतिरागमा नभुल्ने भन्दै आफ्नो जिम्मेवारी थपिएको बहानामा उपासिकाबाट टाढिन खोज्छन् । कैवल्यले चन्द्रिकाप्रति रुचि देखाएपछि आफू मीराबाई बनेको उपासिकाबाट सुनेपछि आफूबाट त्यस्तो अनर्थ नहुने वचन चन्द्रिका, माता उपासिकालाई सुनाउँछिन् ।
गुरु कैवल्यमा उपासिकामा विकसित कैवल्यप्रतिको तिरस्कार भाव देखाइएको छ । उपासिका गुरु कैवल्यलाई जलाउन सेरी सबाल्टनसँग नाटकीय प्रेमको अभिनय गर्छिन् । उपासिका स्वच्छन्द बन्दै गएकोमा बोर्ड अफ डाइरेर्क्र्टसले आश्रम छोड्न चेतावनी दिए पनि अन्ततः कैवल्य उपासिकाको पक्षमा उभिन्छन् । यस्तैमा चन्द्रिका अचानक आश्रमबाट हराउँछिन् । उनी आनी सुलक्षणाको खबर पाएर विश्रान्ति आश्रम पुग्छिन् । छोरी सुजाताको मानसिक विक्षिप्तता देखेर पुनः पीडामा डुब्छिन् । सुजातालाई भेटेँ तर छुन सकिनँ भन्दै स्कच हृविस्की पिउँछिन् । तामसी गन्ध लिएर आश्रम पुगेकी चन्द्रिकाले गुरुलाई सविस्तार सबै कुरा सुनाउँछिन् । चन्द्रिकासँग वार्ताकै क्रममा गुरु बेहोसी भई चन्द्रिकालाई अँगाल्न पुग्छन् । अन्ततः गुरुको आज्ञाअनुसार चन्द्रिका त्यहाँबाट बाहिरिन्छिन् । मुक्ति पनि रुबेलको घटना, सुजाताको अवस्था र चन्द्रिकाको बहिर्गमन भएपछि बाँच्ने रहर समाप्त भएको भन्दै सिल्पिङ ट्याब्लेट खाएर आत्महत्या गर्छ भने गुरु कैवल्य पश्चात्तापमा पर्छन् ।
उपान्त्यमा चन्द्रिका मनाङको शीतल वातावरणमा पुगेकी हुन्छिन् । पिसाङ गाउँबाट फर्केपछि यमनको इमेल पढ्छिन् । इमेलमा सुजाता सामान्य अवस्थामा फर्केको कुरा र आनी सुलक्षणासँग गुम्बा जाँदै गरेको प्रसङ्ग तथा सुजातामा वैराग्यको आगो देखिएको कुरा लेखिएको हुन्छ । त्यस्तै शिमलामा रहँदाबस्दा आफूले चन्द्रिकालाई मन पराएको कुरा यमनले प्रस्ट पार्छन् । यसपछि चन्द्रिका विचारशून्यमा पुग्छिन् र उपन्यासको कथावस्तु समाप्त हुन्छ ।
-ख)    चरित्र
यस उपन्यासमा पात्र बहुलता देखिन्छ । यसमा पुरुष पात्रहरूको तुलनामा नारी पात्रहरूको उपस्थिति बाक्लो छ । प्रायः नारी पात्रहरू कुनै न कुनै रूपमा पुरुष पात्रहरूद्वारा दमित छन् तर पनि विद्रोह गरी जीवन सङ्घर्षमा होमिएका छन् । समग्रमा नारी चरित्रहरूको प्रधानता उपन्यासमा भेटिन्छ । यस उपन्यासका प्रमुख पात्रहरूमा महारानी चन्द्रिका, सुजाता, माता उपासिका, सुलक्षणा, मुक्ति प्रभाकर, पराशर कुँवर, प्रोफेसर यमन, गुरु कैवल्य रहेका छन् ।
महारानी चन्द्रिका
महारानी चन्द्रिका यस उपन्यासकी प्रमुख कथयिता पात्र हुन् । उनी वीर शमशेरका छोरा रुद्र शमशेर, उनकी कान्छी रानी डम्बरकुमारीका छोरा शङ्कर शमशेरकी छोरी हुन् । भारतको शिमलामा जन्मी हुर्केकी तथा बेलायतबाट मार्स्र्टस गरेकी उनी शिक्षित, चेतनशील, निर्भीक, दार्शनिक चेतना भएकी नारी चरित्र हुन् । प्रभाकरसँगको वैवाहिक सम्बन्ध विच्छेद गर्नु, सिङ्गल मदरको रूपमा सुजातालाई हर्ुकाउनु, महिलाप्रति हेयभाव राख्ने पुरुषको विरोध गर्नु तथा उन्मादको आगो बोक्नु उनको मूल चरित्र हो । उनी प्रभाकरलाई सधैँका लागि बिर्सेर भौतिकताबाट वाक्क भएर शान्तिको खोजीमा भौँतारिएकी छन् । उनीभित्र विचार तथा तृष्णाको आगो देखिएको छ । जीवनको उत्तर्रार्द्धमा गुरु आश्रममा कैवल्यसँग ँमाया गर्ने प्रेमीको अँगालोमा बाँधिएर संसार बिर्सने तिर्सना अझै बलवान् छ
मसँग । घरभरि रहरलाग्दा छोराछोरी जन्माएर तिनीहरूबाट घेरिएर बस्ने, तिनका पोक्चे गालामा म्वाइँ खाने इच्छा समाप्त भएको छैन – गुरुदेव’ भनेको भनाइबाट उनमा रहेको अतृप्त मातृत्वको भोक स्पष्ट हुन्छ । उनी छोरी सुजाताबाट तिरस्कृत उपन्यासकारकी मुखपात्र हुन् ।
सुजाता
सुजातामा आमा चन्द्रिकाका धेरै गुणहरू देखिन्छन् । अमेरिकाको विश्वविद्यालयमा दर्शनशास्त्र पढेकी शिक्षित, निडर एवम् स्वच्छन्द पात्रकी रूपमा सुजाताको उपस्थिति उपन्यासमा देखिन्छ । बुर्द्धधर्ममा रहेका विभेदहरूलाई बौद्ध गुरुहरूको अगाडि खुलस्त राख्नसक्ने सुजातालाई समय, परिस्थिति र भाग्यले ठगेको छ । बौद्ध धर्मगुरुमा देखिएको विलासिता, आनीहरूमा रहेको तृष्णाभावप्रति उसले औलो ठड्याएकी छे । त्यस्तै भिक्षु र भिक्षुणीका बीचमा बौर्द्धधर्मले राखेको नियमप्रति पनि असहमति प्रकट गरेकी छे । आलोकसँग स्वच्छन्द पाराले कुरा गर्ने, उसको विवाहप्रस्तावलाई अस्वीकार गर्ने सुजाता शिरीषले प्रेम ब्रेक गर्दा भने दुःखित देखिन्छे । उपन्यासको आदिभाग र अन्त्यभागमा देखिएकी सुजाता दार्शनिक चेतना घनीभूत भएकी नारीपात्रका रूपमा उपन्यासमा देखिन्छे ।
सुलक्षणा
उनी उपन्यासमा सुजाताकी सहयोगी पात्रका रूपमा देखिन्छिन् । आनी बनेर ३ दशक बिताएकी उनी सहनशील, सुशील, कर्तव्यपरायण देखिन्छन् । उनमा बौर्द्धधर्मको ज्ञान घनीभूत छ । बिनाकारण आफूमाथि अन्याय पर्दा पनि बोल्न नसक्ने उनले परम्परागत नारीपात्रको अनुसरण गरेकी छिन् । उनी स्थिर चरित्रकी नारीपात्र हुन् । उनी बौर्द्धधर्मका नीति, नियम र आदर्शलाई पूर्णरूपमा अनुसरण गर्ने विवेकशील पात्र हुन् ।
माता उपासिका
उपासिका उपन्यासमा कैवल्यकी पत्नीका रूपमा देखिन्छन् । पार्वथी बाहुलबाट प्रभावित उनले सुरुमा गुरु र्साईबाट दीक्षा ग्रहण गर्छिन् । गुरु कैवल्यसँग १७ वर्षो उमेरको अन्तराल हुँदाहुँदै र बाबुले असहमति गर्दागर्दै पनि कैवल्यसँग विवाह बन्धनमा बाँधिन्छिन् । गुरु कैवल्यलाई आश्रमको संरक्षक बनाउन तन, मन खर्चने उनी कैवल्यले एकाएक पत्नीको दर्जाबाट सन्न्यासीमा झारेपछि उनीभित्र रहेको द्वेषभाव जागृत हुन्छ । सेरी सबाल्टनसँग नाटकको अभिनय गरेर कैवल्यमार् इष्र्या पैदा गराउँछिन् । माता उपासिका तिरस्कृत, पीडित तर सहयोगी भावना भएकी नारीपात्र हुन् ।
मुक्ति
ऊ यस उपन्यासको प्रमुख पुरुष पात्र हो । चितवन घर भएको मध्यमवर्गीय परिवारको सदस्य मुक्ति पढाइमा तेज थियो । उसका बाबु शिक्षक थिए । सेनाले आफ्ना बाबुलाई अपहरण गरी मारेपछि पत्रकार सम्मेलन गरी विरोध जनाउने ऊ निर्भीक, चेतनशील, गतिशील पुरुष पात्र हो । कोरामा बस्दा आफ्नै अगाडि बहिनीको बलात्कार भएपछि ऊ बाध्यतावश माओवादी बनेको छ । रुबेल चौधरीको बाबु सुन्दर चौधरीलाई उसकै अगाडि माओवादीले सुराकीको नाममा गिँडेपछि आहत बनेको मुक्तिमा सुजाताको अवस्था देखेर वैराग्य जागृत हुन्छ । अन्ततः ऊ पनि आश्रममा पुगी सन्न्यास धारण गर्छ । बौद्ध गुम्बाको निर्माणलाई अनुत्पादक कार्य र चीनमाथिको अमेरकी नीति ठान्ने ऊ राजनीति सचेत पात्र हो ।
प्रभाकर
ऊ गोरखाको मध्यमवर्गीय परिवारको व्यक्ति हो । ऊ पढाइमा मेधावी छ । सुजाताको व्यक्तित्वबाट प्रभावित भई विवाह गर्छ । ऊ देशप्रेमी पनि छ । अमेरिकामा एसोसियट प्रोफेसर बन्न गरेको आग्रहलाई लत्याउँछ । नेपालको रोनास्टको अवस्था देखेर चिन्ता गर्छ । चन्द्रिकाको आर्थिक पृष्ठभूमि नबुझेका कारण मतभेद सिर्जना हुन्छ । अन्ततः चन्द्रिकासँग सम्बन्ध विच्छेद गरी विदेसिन्छ । ऊ असल, देशभक्त, बौद्धिक हुँदाहुँदै असल पति बन्न सक्दैन । ऊ गतिशील चरित्रको पात्र देखिन्छ ।
पराशर कुँवर
कुँवर यस उपन्यासमा प्रतिनायकका रूपमा उपस्थित भएका छन् । चन्द्रिकालाई मन पराएर उनलाई प्राप्त गर्न हरतरहको प्रयास गर्दा पनि विफल  ऊ अवसरवादी चरित्रको रूपमा देखिन्छ । राजाको प्रत्यक्ष शासनकालमा उसको राजनीतिक सक्रियता बढेको छ । गृहमन्त्री भए पनि सङ्कटकालको कारण सुजातालाई खोज्ने कार्यमा भने अर्समर्थता प्रकट गर्दछ ।
प्रोफेसर यमन
यमन चन्द्रिकाको बालसखाका रूपमा देखिन्छन् । शिमलामा रहँदा चन्द्रिकालाई मन पराउने यमनले आफ्नो प्रेम प्रकट गर्न सक्दैनन् । चन्द्रिकालाई सहयोग गर्ने आदर्श साथी र सुजातालाई सामान्य जीवनमा फर्काउन ठूलो भूमिका खेल्ने पात्र हुन् । आफ्नो घरायसी कारणले श्रीमती आइको र हिमालीसँग टाढा रहे पनि उनीहरूप्रति माया र श्रद्धा राख्दछन् । उनी स्थिर चरित्रका पुरुष पात्र र लुसे प्रेमीका रूपमा देखिन्छन् ।
त्यस्तैगरी यस उपन्यासमा अन्य पात्रहरू प्रशस्त रहेका छन् । गुम्बाका लामा गुरुहरू टुल्कु छोडेन रिम्पोछे, बालक रिन्पोछे, गुरु कैवल्य, याङछेन, लामा पाल्देन, रमा, शिवानी, अरबिन्द, कमरेड बतास, माया, रुबेल चौधरी, सुदर्शन खेन पो, सैनिकहरू, पुलिसहरू र माओवादीहरू यस उपन्यासलाई गतिशील बनाउने पात्रहरू हुन् ।
-ग)    परिवेश
यस उपन्यासको मूल परिवेश बौद्धगुम्बा तथा विभिन्न आश्रमको रहेको छ । सुजातालाई बुद्ध परम्पराकी महास्थविरको रूपमा खेन पो छेन मोको संज्ञाले गुरु टुल्कु छोडेन रिम्पोछेले विभूषित गरेको परिवेशबाट सुरु भएको यस उपन्यासको परिवेश अत्यन्तै व्यापक छ । राणाकालीन परिवेशलाई समेत चित्रण गरिएको यस उपन्यासको लगभग १०० वर्षो नेपालको इतिहासलाई उजागर गरेको छ भने धार्मिक दृष्टिले बौद्धपरम्पराको वर्णन सिर्द्धार्थ गौतमको कृत्यलाई समेत समावेश गरिएको हुनाले यसको समयावधि २५०० वर्ष पूर्वसम्म तन्किएको छ ।
उपन्यासमा माओवादी युद्धले जनतामा परेको प्रभाव, सेना र माओवादीले सुराकीका नाममा गरेका ताण्डवनृत्यहरू, अमेरिका र बेलायती जीवनशैली, विपश्यना ध्यानशिविर, बौर्द्धधर्मका नीति, नियम तथा तत्सम्बन्धी आचरणहरू, शिवपुरीडाँडा तथा नागार्जुनको डाँडाको डेढसय वर्षघि निर्मित पहेँलो गुम्बा परिवेशको रूपमा आएको देखिन्छ । त्यस्तैगरी आश्रममा रहेका गुरुका आचरणहरू, उपासिकाहरू, २०५८ सालमा लगाइएको सङ्कटकाल, राजनेताको स्वेच्छाचारिता तथा त्यसको विरुद्ध जनताका मुक्ति सङ्घर्ष, नेपालका विभिन्न भूभागहरू विशेषगरी काठमाडौँ उपत्यका र भारतको शिमलासमेतको परिवेश उपन्यासमा भेटिन्छ ।
-घ)    भाषाशैली
यस उपन्यासमा जटिल भाषाशैलीको प्रयोग पाइन्छ । वाक्यविन्यासमा पनि बौद्धिकता देखिन्छ । लघुकथाजस्ता लाग्ने १५ वटा शीर्षकले पाठकलाई कथानक बुझन सहयोग पुर्‍याउँछन् भने पर्ूवदीप्ति प्रणाली अपनाएर लेखिएको हुनाले पूर्णउपन्यास नपढेसम्म कथातन्तुको सार बुझन कठिन पर्छ । तिब्बती भाषाका शब्दले पाठकलाई उपन्यास अघि बढाउन निकै नै बाधा पारेको देखिन्छ । परिशिष्टमा बौद्ध शब्दका अर्थ दिइए पनि बाँकी केही शब्दहरूका अर्थ दिन छुटेका छन् । सामान्य पाठकका लागि उपन्यासको भाषा जटिल नै मान्नुपर्छ । अङ्ग्रेजीका शब्दहरू मात्र नभई वाक्यहरू नै प्रयुक्त छन् । बौद्ध गुरु, सुजाता, चन्द्रिका, उपासिका, प्रभाकर, गुरु कैवल्य, प्रोफेसर यमनका भाषामा स्तरीयता एवम् दार्शनिकता भेटिन्छ । मुक्तिको भाषामा क्रान्तिकारिता छ । बगावत, बिन्दासजस्ता हिन्दी शब्दहरूको प्रयोग उपन्यासमा भेटिन्छ । उपन्यासमा राग, विराग, वैराग्य, भावुकता एवम् रागात्मक भाषाशैली प्रशस्त पाइन्छ ।
सेना तथा प्रहरीको भाषाको उदाहरण
८    हिरोइन रै’छ, हिरोइन क्याँ च्वाक – कालकोठरी, पृ. १०३ ।
८    तेरो नाठो माओवादी हो भन्ने थाहा छैन – कालकोठरी, पृ. १०४ ।
८    भेरिलाइट चारैतिर घुमाउँदै नजिकै एउटा प्रहरी आन्द्रा च्यातिएलाझैँ ठूलो स्वरले चिच्यायो – खबरदार साला, मुजी माओवादीहरू हिम्मत भए आओ । काँतरहरू, आतङ्ककारीहरू – मुक्तियात्रा, पृृ. १३३ ।
दार्शनिकताको उदाहरण
८    जीवनको लौकिक यात्रामा उत्कर्षभन्ने कुनै बिन्दु हुँदैन – प्रोफेसर यमन, पृ. २६४ ।
८    लडाकु र सन्न्यासी चेतना एउटै पो हो क्यारे – मुक्तियात्रा, पृ. १३१ ।
८    निर्बन्ध स्वतन्त्रताको अनुभूति भनेको त मृत्यु मात्रै हो छोरी – सन्ताप, पृ. १८१ ।
भावुकतापूर्णभाषाशैली
८    सुजाता झ् मैले कर्तव्यको नाममा आफ्नो भरिलो जवानीलाई मरुभूमि बनाएर बिताएँ – सन्ताप, पृ. १७८ ।
८    एउटी स्वास्नीमान्छे या त आफ्नी प्रेमीको नपाइने मायाको निम्ति बाँच्छे या आफ्ना सन्तानको खुसीको लागि – माता उपासिका, २९० ।
माता उपासिकाको रागात्मक अभिव्यक्ति
८    कोठाको कुनामा भएको सानो साँघुरो भुइँ ओछ्यानमा हाम्रो अन्तरङ्ग सम्बन्धको भार बिर्सजन हुने गथ्र्यो । सेतो तन्नामा पोखिएका प्रेमका गाढा टाटाहरू धुँदै गर्दा म सधैँ मीठो काउकुती अनुभव गर्थें ।
-ङ)    संवाद
यस उपन्यासको संवाद योजना सशक्त देखिन्छ । बौद्धिक पात्रहरूको संवादमा दार्शनिक चेत भेटिन्छ । सुजाता र सुदर्शन खेन पोको संवाद होस् वा माता उपासिका र कैवल्य संवाद होस्, दुवैमा दार्शनिकता तथा रवाफिलो संवादको प्रयोग पाइन्छ । चन्द्रिकाको संवादमा संयमता, उन्मादता, यमनको संवादमा बौद्धिकता देखिन्छ भने सुजाताको संवादमा स्वच्छन्दता प्रकट भएको पाइन्छ । जस्तैः
सुजाता र सुदर्शन खेन पोको संवाद
सुदर्शन ः    न्यूनतम बुद्ध भिक्षु सरहको हैसियत नभएको वितण्डवादी व्यक्तिलाई यो सभामा कसले प्रवेश दियो – सामान्य जिज्ञासुलाई बौद्ध सभाको निर्ण्र्ााा औँला ठड्याउने अनुमति नै कसले दियो –
सुजाता ः    भिक्षुदेव झ् तपाईंले पोसाक त भिक्षुकै लगाउनु भएको छ तर तपाईंको यो क्रोधी रूपमा म भिक्षु देखिरहेकी छैन ।
यमनले सुजातालाई विश्रान्ति भवनमा सम्झाउँदा प्रयुक्त संवाद
८    सरी टु डिर्स्र्टब यु बेटा । यु लाइक सङ्स – आई यम यमन, आई एम अ सिङ्गर । प्लिज्ड टु मिट यु ।
सुजाताले चन्द्रिकासँग गरेको संवाद
८    म जुन युगमा बाँचिरहेकी छु, मेरो जुनीका स्वास्नीमान्छेको लागि समयकै सबभन्दा महत्त्वपूर्णसमय यही हो । मेरो उमेर पुग्यो, मेरो जीवन म जसरी चाहन्छु, उसरी बिताउन खोज्दा हजुरलाई किन टाउको दुख्यो –
-च)    दृष्टिबिन्दु
प्रस्तुत उपन्यासमा आन्तरिक र बाहृय दृष्टिबिन्दु दुवैको प्रयोग गरिएको छ । उपन्यासका अधिकांश ठाउँमा चन्द्रिका, सुजाता, मुक्ति, उपासिका, गुरु कैवल्य आदि पात्रहरूले आफ्नो विगत आफैँ प्रस्तुत गरेका छन् भने केही ठाउँहरूमा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पनि भेटिन्छ । मूलतः आन्तरिक दृष्टिबिन्दुलाई उपन्यासमा प्रमुख स्थान दिइएको छ ।
-छ)    शीर्षक र्सार्थकता
प्रस्तुत उपन्यासको शीर्षकले मानवीय जीवनमा आइपर्ने रापहरूलाई सङ्केत गरेको छ । ताप जीवनसङ्घर्ष हो भने ताप मानवीय यौनेच्छा पनि हो । ताप आध्यात्मिक नशा हो भने ताप चेतना र विचारको वाहक पनि हो । उपन्यासमा प्रमुख पात्रहरू मात्र नभएर सहायक र गौण पात्रहरू पनि तापमा नै छन् । सुजातामा स्वतन्त्रता र स्वच्छन्दतायुक्त तापको खोजी छ भने चन्द्रिकामा मातृत्वयुक्त एवम् यौनिक तापको खोजी छ । मुक्तिमा विचारको रापिलो ताप छ । बौद्ध धर्मगुरु, गुरु कैवल्य आदिमा आध्यात्मिकताको ताप छ । पराशर कुँवर र आलोकमा यौन उत्तेजनाको राग छ । माया, मुक्तिकी बहिनी, पार्वथी बाउल, रुबेल चौधरी, शिवानीभित्र गरिबीको ताप छ ।
उपन्यासमा राजनीतिका कुटिल तापहरूदेखि लिएर जीवन सङ्घर्षका रापहरू छन् । उपन्यासका सबैसबै पात्रहरू कुनै न कुनै रूपमा तापग्रस्त छन् । तापमुक्त पात्रहरूको उपन्यासमा उपस्थिति
देखिँदैन । उपन्यासको शीर्षक र कथावस्तुका बीचम तादात्म्य सम्बन्ध देखिन्छ । अभिधात्मक तथा व्यञ्जनात्मक दुवै स्तरमा उपन्यासको शीर्षक र्सार्थक देखिन्छ ।

४.    उद्देश्य
यस उपन्यासको मूल उद्देश्य इतिहास र वर्तमानका त्रासदीहरू देखाउनु हो । राणाकालीन परिवेश, प्रजातान्त्रिक आन्दोलन, माओवादी युद्ध आदि विविध राजनीतिक परिवर्तनका लागि गरिएका विविध सर्न्दर्भमा मानवीय अस्तित्व र अस्मिता सधैँ अचानो बन्न विवश हुन्छ भन्ने सर्न्दर्भ यस उपन्यासमा प्रस्तुत गरिएको छ । मानिस किन युद्धमा होमिन्छ – युद्धमा सामान्य जनताहरूको अवस्था कस्तो हुन्छ – युद्धले सामाजिक संरचनामा कस्तो आघात पुर्‍याउँछ भन्ने कुरा सचित्र देखाउनु उपन्यासको उद्देश्य देखिन्छ ।
भौतिकबाट आध्यात्मिकता र आध्यात्मिकताबाट पुनः भौतिकतातर्फपात्रहरू प्रवेश गर्नुले मानिसको जीवन भुलभुलैया र भ्रममा बाँचेको प्रमाणित गर्दछ । धर्मका नाममा खोलिएका सङ्घहरूमा व्यभिचारका अनेक फोहोरी खेल हुनु, सांसारिकताबाट जति नै विमुख हुन खोजे पनि त्यसबाट मुक्ति नपाइनु, धर्मका नाममा गरिएको राजनीति देखाउनु, पाश्चात्य स्वच्छन्दता, ह्रासोन्मुख मानवीयता, स्वार्थता तथा मानवीय जीवनका विसङ्गत पक्षहरूलाई प्रस्तुत गर्नु विवेच्य उपन्यासको उद्देश्य हो ।

५.    उपसंहार
आख्यानकार शारदा शर्माको प्रस्तुत उपन्यास प्रकाशनको दृष्टिले पहिलो भए पनि लेखनको दृष्टिले निकै नै शक्तिशाली देखिन्छ । आख्यानकारको सचेत लेखनको परिणमस्वरूप जन्मेको यस उपन्यासमा वैचारिक सघनता पाइन्छ । बौर्द्धधर्मको दर्शनलाई गहिराइमा पुगेर विश्लेषण गरिएको यस उपन्यासमा जीवनलाई तापहरूको सङ्ग्रहको रूपमा लिइएको छ । नवीन शिल्प एवम् शैलीलाई आत्मसात गरी लेखिएको यस उपन्यासमा आदिदैविक, आदिभौतिक तथा आध्यात्मिक तापलाई प्रस्तुत गरिएको छ । नेपालको राजनीति, संस्कृति एवम् जनजीवनको अन्तस्थलका विषयवस्तु उधिनेर प्रस्तुत गरिएको यो उपन्यास प्रयोगमूलक उपन्यास हो । नेपाली उपन्यासपरम्परामा प्रस्तुत उपन्यास जङ्गेपिलरको रूपमा रहने कुरा निर्विवाद देखिन्छ ।
सन्दर्भग्रन्थ
शारदा शर्मा, ताप, साङ्ग्रिला प्रकाशन, काठमाडौँ, २०६९ ।

(कविडाँडा साहित्य समाजद्वारा आयोजित आख्यानकार शारदा शर्माको ताप उपन्यासमा आयोजित अन्तक्रिर्यात्मक कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र, २०६९)

– सुरेन्द्र अस्तफल
कविडाँडा, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.