गजल

Sajana, Gurung, सजना गुरुङ, pallawa, पल्लव

सजना गुरुङ

तिम्ले चाहे जस्तै बनी तिम्रो मन हर्न जानिन !
गल्ती मेरै होला शायद मैले माया गर्न जानिन !

भुलाएर पीर व्यथा हाँस्न खोज्ने तिम्रो ओठमा
आँशु पुछी त्यो आँखाको खुशीहरु भर्न जानिन !

राजी भएँ रुंदै बाँच्न चाह मन्को मन्मै लुकाई
स्वार्थ पुरा गर्नलाई वास आफै सर्न जानिन !

 

प्राप्त गर्न तिमीलाई रची सयौ झुठा नाटक
नपाएमा मर्छु भन्दै तिम्रै सामु झर्न जानिन !

तिम्ले चाहे जस्तै बनी तिम्रो मन हर्न जानिन !
गल्ती मेरै होला शायद मैले माया गर्न जानिन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.