आँशुको मुल्य – !

Neeta, K.c., Bhattarai, नीता केसी भट्टराई, pallawa

नीता केसी भट्टराई

सकिन बुझाउन मैले आँशुको मुल्यलाई
सस्तिदै जादो रहेछ जब बहन्छ धेरै
सकिन बुझाउन मैले बहको मान्यतालाई
बाढी झैं उर्लिएर बहन्छ जब चर्किन्छ धेरै ।

अबमुल्यन हुन्छ आत्मसम्मानको तब
आँशुले छेक्छ प्रगतिको मार्ग जब
अन्तरमनमा जन्मन्छ अन्तरघात तब
अस्मिता माथि नै दृष्टिपात हुन्छ जब ।

 

हुँदै हैन रहेछ आँशु, तरबार कहिल्यै
बरु साँध लगाउने पानी बनाउनु पर्ला आँशु
रोएर बसु म कतिन्जेल,एकंकिलाई खोज्दै
पीडा र.उत्पीडन बहाई उर्जा बनाउनु पर्ला आँशु – !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.