सिध साधा विमल, सहनशील र निर्मल
मेरो अस्मितालाई तराजुमा जोख्न हुँदैन थ्यो
हामी वीचको गोप्य नाता जात्रामा पोख्न हुँदैन थ्यो।
जाना जान गल्ती गरेकै हौ तिमीले जिन्दगीमा
सच्चिने निहुँमा प्रेमको मूल्य तोक्नु हुँदैन थ्यो ।।
पाताल खल्बलिन्छ, भूगोल बदलिन्छ सृष्टि
समय बदलिए पनि दिनरात उस्तै छ
कपाल फुले पनि उन्माद उस्तै छ ।
बदलिनु पर्ने त स्वभाव र मानसिकता हो
दुनिया बदलिएनी मान्छेको जात उस्तै हो ।।
क्या गजवको यहाँ खेल हुँदैछ
नियम र कानून सबै फेल छ ।
जजस्ले जनताको दुहाई दिन्थे
उसैबाट सत्ताकै झेल हुँदैछ ।।
शिरमा कफन बेर्नु पर्छ देश बनाउनेले
विकाशे मूलखोज्नु पर्छ जनता हँसाउनेले ।
राष्ट्रियता बेच्नु हुन्न स्वार्थ सिद्ध गर्न
जनताको साथ लिनपर्छ देश चलाउनेले ।
अध्यक्ष
मध्यक्षितिज वाङमय प्रतिष्ठान,
पटिहानी, चितवन ।
