माया गर्छु भन्नेले नै माया मारे पछि के लाग्छ
आफ्नो मान्छेले नै जालमा पारे पछि के लाग्छ ।
जति कठोर भए पनि मनै त हो पग्ली हाल्छ
आँखाबाट आँशुको धारा झारे पछि के लाग्छ ।
ठूलो माछाले सानो माछालाई खान्छ भन्थे
छिमेकीले बारबार सीमा सारे पछि के लाग्छ ।
फूल राम्रो, फूल टिप्ने हातहरू अझ राम्रो
तिनै हातले मुटु, भर्ुइँमा पछारे पछि के लाग्छ ।
सपना जस्तो हुन गयो, तिम्रो मेरो मिलन
जित्छु भनी खेलेको खेल हारे पछि के लाग्छ ।
टीकाथली ५, ललितपुर
