गजल

Neeta, K.c, Bhattarai, नीता केसी भट्टराई, pallawa

नीता केसी भट्टराई

एउटा हैन अनेक मेरा, कथा भित्र भरिन्छ उ
आफ्नो हैन बुझेकी छु, मुटु भित्र धड्किन्छ उ

लिनु छैन दिनु छैन, कुनै पनि साइनो छैन
रोज रोजै देखु लाग्ने सपनी भित्र छरिन्छ उ

 

आकाशमा जिन्दगीको मेरो आफ्नो जूनै छैन
साथ छैन तर पनि,छायाँ सरि झल्किन्छ उ

दुख्ने एउटा ठाउँ हुन्छ ,जहाँ उसको नाऊ हुन्छ
बिरक्तिमा नियस्रोमा,घाऊ सरि बल्झिन्छ ऊ

एउटा हैन अनेक मेरा, कथा भित्र भरिन्छ उ
आफ्नो हैन बुझेकी छु, मुटु भित्र धड्किन्छ उ – !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.