सर्माएका अधरमा लाज भेटे मैले
हृदयमा लुकाएको राज भेटे मैले !!
मुटु अनी कलेजीमा लुकाएको नाता
मेरै नाउ कोरिएको आज भेटे मैले ।
बैमानीको शहरमा इज्जतको पोको
शिर माथी सजाउने ताज भेटे मैले ।
पाए भने गिद्दले झै काँचो मासु लुछ्ने
मानबको स्वरुपमा बाज भेटे मैले ।
चस्मा दोषी रैछ मेरो दुनियाँलाई हेर्ने
हेर्ने दृष्टि उही नौलो अन्दाज भेटे मैले !!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
