गजल

Shanti, Adhikari, शान्ति अधिकारी, pallawa

शान्ति अधिकारी

पबित्र प्रेम रसको आशमा नराख,
निस्कन गाह्रो मायाको भासमा नराख ।

मानमा ठुलो बिश्वास चाहना छ कि त ,
एक अन्जुलि पानिको प्यासमा नराख ।

 

तड्पेर बाच्ने जिन्दगी भो पुग्यो मलाई,
मात्र हेरेर रुने त्यो लाशमा नराख ।

माया गरेर मुटु त्यो नदुखाउ भन्दैथ्ये,
सर्बस्व त्यागि मलाई नै खासमा नराख ।

जिवनभर साथ दिई हसाउन सक्दिन,
कालरुपि यो समाजको गासमा नराख ।

शान्ति अधिकारी
कोहलपुर, बाँके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.