कस्ले भन्छ फुलमा शुवास छैन
कस्ले भन्छ बैशमा मिठास छैन !
मन चञ्चल छ भित्रभित्रै काउकुतीले
कस्ले भन्छ मनमा मधुमास छैन !
सयौं फुलबारी उस्कै सुगन्ध छ मिठो
कस्ले भन्छ मालीसंग गुरास छैन !
फुलमै सुत्छ फुलै फुलको सिरानी छ
कस्ले भन्छ लगाउने कपास छैन !
फुलै फुल्मा डुल्छ चुस्दै चुस्दै रस
कस्ले भन्छ भमरा बिन्दास छैन !
२०६९-०३-०७
राजु कुवँर
