हल्ली हिड्नी तिम्रो छोरो-कमाउँदै छ आमा,
मन भित्र सापनको महल- बनाउँदै छ आमा !!
गर्नु पनि के के पर्नी-देशै छाडे पछि,
धुलो मैलो नाना थरि-गनाउँदै छ आमा !!
दिन भरिको थकान-अनि तनाब मेटाउन,
एक दुई घण्टा इन्टरनेटमा-रमाउँदै छ आमा !!
गर्छु केहि फर्कि भनि-आफ्नै मातृ भुमि
औला भाँची दुई चार पैसा-बचाउँदै छ आमा !!
हल्ली हिड्नी तिम्रो छोरो-कमाउँदै छ आमा
मन भित्र सापनको महल-बनाउँदै छ !!!
राडु जाबा
नेपाल
