गज़ल

Khakendra, Saud, Samarpan, समर्पण,pallawa

खकेन्द्र साउद ‘समर्पण’

कदापी नी तिम्रो आँशु झार्न कहाँ सक्छु र म
जोडिएको सम्बन्ध यो टार्न कहाँ सक्छु र म

कति बोलौ तिम्रै भई मर्ने रहर बारे यहाँ
नसोच भो तिम्रो माया मार्न कहाँ सक्छु र म

मनै भरि उजाड अनि न्यास्रोपना कस्तो कस्तो
तीमी बिना जिन्दगि यो धार्न कहाँ सक्छु र म

भेट नहुदा कुनै दिन्त जिउदै मरे जस्तो लाग्छ
भने जस्तै तिम्ले बस्ति सार्न कहाँ सक्छु र म

कति हत्ते गर्छु मैले थाहा होला तिम्लाई पनी
चट्ट छोडी अन्तै घर खार्न कहाँ सक्छु र म

खकेंद्र साउद समर्पण
अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.