पसिना धारा भारीको बोझ उकाली बाटोमा
दुखिको जन्म भएछ कस्तो धर्तीको माटोमा |
ढाकर र तोक्मा नाम्लोको सिरानी
भारीको बोझले खाई सक्यो शिरको पाटोमा |
खाली पेट खाली खुट्टा छ चल्नु छ गर्मीमा
बालबच्चा पाल्न सकेको छैन त्यो पनि आटोमा |
दशैं तिहार मिठो चोखो छैन घरमा
जीबन यसै ढल्यो मेरो दुखको फाटोमा |
दैबले पनि लेखि दिने कस्तो भाग्य गरीबको
दुखले सधैँ थिचिरहन्छ पिधे झैँ जातोमा |
अनिल बराल “गरीब चिराग ,अछुत “
चरम्बी -५ ,मिलन बस्ति , भोजपुर
हाल :- कतार
