गजल

Ramesh, Aryal,रमेश, Syanjali, pallawa

स्याङ्जाली रमेश

दुःख पीडा दर्शन गर्दै जीवनरोटी बेल्दै आएँ !
संसारमञ्च नाटककारकै इशारामा खेल्दै आएँ !!

हिँड्दा हिँड्दै गोडेटो त्यो टुङ्गिए झैँ लाग्दा पनि !
एक्लो यात्रा थाकेँ तर बलैसँग ठेल्दै आएँ !!

 

जमाना नै खराब भयो इमानदार कोही छैन !
चिन्दा चिन्दै सबका सामु आफूलाई हेल्दै आएँ !!

जिउनै पर्ने रैछ यहाँ मरिजान सकिएन !
बेरङ्गी यो जिन्दगीलाई जसोतसो रेल्दै आएँ !!

छोडी गयौ मलाई भयो मर्नुभन्दा जिउन गाह्रो !
जिन्दगीमा आएजति बाधाअडचन पेल्दै आएँ !!

मरुभुमिको छातिबाट
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी   स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.