मलाई म भन्दा हामी मन पर्छ %
स्कट भन्छन् तर जामी मन पर्छ%
सत्य बोल्दा ,सत्य लेख्दा, सत्य गर्दा,
गर्छन् भने बदनामी मन पर्छ –
विनास त हुन्छ विकास गर्न खोजे ,
यथा भन्दा अग्रगामी मन पर्छ %
जातित्वकै कुरा गर्ने भए हेर ,
राउटे र बरू कामी मन पर्छ %
देश साह्रै बिरामी छ र जनता ,
डाक्टरले हुन्न धामी मन पर्छ %
जेन तमू[gyanendra] धादिङ नेपाल
