१) नाङ्गो गणतन्त्र
भान्साभित्र म दूध कुर्दछु भनी ढाडे बिराला सुते
हात्ती अंकुशमुक्त भैकन डुले छाडा भए माहुते
देख्नेले पनि लाज मान्छ तनमा सक्छौ खरानी घस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस ।
।१।
मुद्दा हाल्छ किसान धान नभई ती खेत रित्तै हुँदा
खुल्लेआम मुसाहरू कुदिरहे छन् जेलमा भ्यागुता
खोज्छौ धान भने मुसा सँगसँगै आफै दुलोमा पस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस ।
।२।
जयदेव गोविन्द का चार कविताः
१) प्रकृति र कविता
आऊ डाँफे प्रणय रसका झ्याउरे गाइदेऊ
चुच्चा जोडी मुजुर लचिला तालमा नाचिदेऊ
घाँटी तानी वक गहकिलो ध्यानविद्या सिकाऊ
हेरी तिम्रा तपस म नयाँ काव्य लेखी सुनाऊँ
प्यारा हात्ती मृदुल धुकुरी घन्न घन्काइदेऊ
आऊ मैना मधुर सनही राग रन्काइदेऊ
वर्षा थापी पतकरहरू ठोक ताली दमाहा
नाच्छिन् प्यारी सरस कविता नौमतीभित्र आहा !
कलम सग खेल्दा खेल्दै . . . . .
कलम सँग खेल्दा खेल्दै
हुर्की बढी सके
अम्लो समाइ हिडने
आफन्तकि
टाढा भइ सके
आफ्नै संसार उब्जाएर
सुन्दर पारेकी छु
बगैंचाकि मालिक बनि
गोडन पाएकी छु
लाई किरा मासिएछन
बल्ल पत्तालाग्यो
सुनगाभा सुनखरी भइ
फुले बाहिर कस्ले चिन्न पायो
गजल
के भूल भो आज प्रीया रसाएको मात्र देख्छु
आँखा बाट तप्प आँसु खसाएको मात्र देख्छु।
बुद्ध जस्तै लाग्थ्यो तिमी शान्ति खोज्नु पर्दैनथ्यो
उत्तेजित बनी मुठ्ठी कसाएको मात्र देख्छु ।
नरम थ्यो वाणी तर कन्कालिनी बन्यौ किन
निकालेर अहंकार डसाएको मात्र देख्छु ।
सृजना सरोवरका पाँच मुक्तकः
मान्छेहरूको अलौलिक बिचार देख्छु छक्क पर्छु ।
झुठको खेती मौलाएको संसार देख्छु छक्क पर्छु ।।
भित्र भित्रै पाकेकाछन् फर्सी कुहिए जस्तै गरि,,,,
बाहिर तिनकै सभ्यताको संस्कार देख्छु छक्क पर्छु ।।
नौटंकिका भरमा बाँच्नु कति दिन रमाएर ?
के आर्जेर दिने होला सन्ततिलाई थमाएर ?
खोक्रो आडम्बर भत्किएर आन्द्रा भुँडी देखिइँदा,,
कस्तो होला कुन्नी त्योदिन हिड्नु पर्दा सर्माएर ?
लक्ष्मीदत्त भट्ट का जोर गजल
गजल– १,
कैलाशको शिखरमा सधै टल्की बस्छौ तिमी
पुनमको जुन सरी दिल्मा झल्की बस्छौ तिमी
कुशमको सुभाश छरी लठ्ठ पारी सबैलाई
दिपकमल ज्योती बनी सधै सल्की बस्छौ तिमी
परानीका मोडहरू उकाली र ओरालीमा
शान्ति बनि यो दिलमा सधै छल्की बस्छौ तिमी
रामराजा तिमिल्सिना का केही टुक्राहरूः
१)
वाइड् वडी सुन तस्करी हो
पिएर होली मुन नक्कलीको
छ निर्मलाको खल न्याय दाता
निन्दा गरौं है यमराज खाता
साँच्चै कह्यौ गीत सुनाउँदै जो
खले खरावी यमराज त्यै हो
गाऊ सुनाऊ न दुखिन् माता
निन्दा गरौं है यमराज खाता
पार्वती भट्टका केही रचनाहरू
जन्मदिनको लाखौंलाख शुभकामना..!
ठुलो भन्दा पनि असल बन्ने चाहाना बनोस्
हरेक जन्मदिन खुशी साट्ने बाहाना बनोस्
सरल,स्वच्छ ,स्वस्थ र दीर्घायु बनिरहनु तिमी
यही नै हामीले व्यक्त गर्ने शुभकामना बनोस् …..!
मुक्तक…….
यदाकदा आउने गर्छन् यी प्रणयका दिवसहरू
गुलाव भरी छाउने गर्छन् ती विचरा ! विवशहरू
ऋतु जस्तै घुमिफिरि वर्षदिनमा मात्र एक दिन
प्रेमका भाका गाउने गर्छन् प्रणयका दिवसहरू।
जङ्गलका पात्रहरू
कैयौं दिन बिते यस्तै निराशाभित्र छिन्छिन
नौलो कार्य कतै छैन संवृद्धि म त देख्दिन ।
बिहानी राप नै छैन उषा छैन उराठ छ
सूर्यमा कान्ति नै छैन शंकाको अनुहार छ ।।
ऐजेरु जाल बुन्दैछ हाँगा सुक्दै झरे कतै
रुखमा पात नै छैन जरा पत्थरमा कठै ।
सिंह शिकार गर्दैछ लुछाचुँडी छ स्यालको
ब्वाँसाले जिउँदै लुच्छ कल्चौँडो अग्र भागको ।।
गजल
निषेधित क्षेत्र भीत्र छिरेर गल्ति गर्यौ ।
जता मन लाग्यो उता हिडेर गल्ति गर्यौ ।
संसार स्वर्ग बन्छ मया प्रेम विश्वासले,
तेही विश्वास को गला चिरेर गल्ति गर्यौ ।
स्वाभिमानी शीर उठाइ जिउनु पो जिन्दगी,
अहमको खोक्रो झोला भिरेर गल्ति गर्यौ ।
राष्ट्रचिन्ता
राजा एक गए अचेल घरमा आए अनेकौँ अनि
खाए राष्ट्र लुछी भरे सब भुँडी मारी पछारे पनि
पारे खण्ड अखण्ड राष्ट्र यिनले बाँडे घरेडी बुझी
आआफ्ना दरबारभित्र दिनमै हुस्की झरीमा रुझी ।।
१
जन्मे बालकसाथ मस्त दिलले लाखौँ उठाए कर
भ्रष्टाचार गरी त्यही रकमले रातौँ ठड्याए घर ।
यस्ताकै छ अमेरिका घर अझै छन् बैंक पैसा कति
चुस्दै छन् उपियाँ बनी सुँड तिखा गाडेर सस्तो मति ।
२
खवरदार
सूत्र-कविता :
“ए पख् !”
मैले पर्खें र सुने !
नृशंस आवाज छ
अनुहार छैन
र, निश्पट्ट अन्धकार छ !…
खल्ती छामें
तर मन छाम्न सकिन,
धकधकिएको छ !
यो आजको समय हो !
*
गजल
घरको काम त कति कति बिर्सिए
गजल लेख्दा लेख्दै पती बिर्सिए ।
समय जति सबै साहित्यले लिदा
ब्यापार भित्र हुने क्षति बिर्सिए ।
आउदिन माइत लेखिराख भन्छिन
प्यारी नन्द ती कलावती बिर्सिए ।
पीडा !
बुझिन मैले के भयो आज कलमले लेख्दैन
पीडाले आज छट पट भयो कसैले देख्दैन
यो मेरो मन उडेर गयो त्यो पारी पाखामा
भेटिन मैले परिको रूप रूखको डालिमा !!१!!
सूर्यलाई मैले हात जोडी भने तिमिले देख्यौकी
नदेख्ने ठाउँ थिएन उस्को मलाई नै ढाँट्योकी
अँध्यारो भयो त्यो पाखा बिच देख्दिन उनिलाई
चन्द्र लाई पनि बिन्ति नै गरें बचाउ उनिलाई !!२!!
जानुका अश्रुधारा का केही मुक्तकहरूः
त्यो जुनतारा उदाउने आकाश हराउँदैछ
जीवनको वहार अनि मधुमास हराउँदैछ
खै कसरी रहन्छ मेरो प्राण तिमी आउन्जेल
मेरो घर आगनमा चल्ने बतास हराउँदैछ ।।।
ईश्वर मानिससँग के चाहन्छ भ्रम पठाएर
सोच्नै नसकिने जीवनको अनुक्रम पठाएर
छोरो आमाको महिमा गाउदै हिडेको छ हेर
वर्षौ पहिले आमालाई आश्रम पठाएर ।।
स्वर्गीय वीर पुर्खालाई चिठी
वीर पुर्खाहरू ! मेरो बारबार प्रणाम छ
त्यहाँको हाल कस्तो छ ? यहाँ भनिनसक्नु छ
छरी पौरखको रक्त जानुभो स्वर्गमा अघि
हामी सबै रमाएथ्यौ देशलाई उभो लगी
देशभक्ति थियो मेची—महाकाली सबैतिर
आफ्नो इज्जतमा बाँच्ने गरी ईश्वरमा भर
आज आए कहाँबाट देशलाई भँड्याउने
खरानीमा गरी द्वन्द्व आफ्नै छानो डढाउने
डॉ मीनाक्षी कहकशां का हिन्दी में छे कविताएँ
१) कटी
अंगुलियां
बरसों पहले सुनी थी
वो कहानी
जिसे आज साक्षात
देख भी लिया
एक बालक
एक कसाई के यहाँ
नोकरी करता था
काम के
बदले में मिल जाती थी
दो वक़्त की
रोटी–
शिव त्रिपाठी का केही मुक्तकहरूः
जिन्दगी का दशैं, तिहार आऊन् तीज, होली
देख्न सकूँ तिम्लाई खुशी आज भन्दा भोलि
उल्लास र उमंग ले साथ दिऊन् सधैं
उत्साह को बगी रहोस् निरन्तर खोली ।।
मायाको पहिलो साल मीठा मीठा संवाद गर्यौ
दोस्रो साल खै के भो खालि वाद विवाद गर्यौ
तेस्रो साल मैले यत्ति भनेँ’ हामी सम्बन्धित थियौँ ‘
गज्जब छ बा! तिमी ले त्यस को पनि प्रतिवाद गर्यौ ।
मैया सुवेदीका केही मुक्तकहरूः
आउछु भन्यौ सराबको मातमा छु अहिले
पुर्णिामा को त्यो चाँदनी रातमा छु अहिले
कल्पना नै मिठो हुने रंगिन यो दुनियाँमा
धड्कन सगै मनको मिठो वातमा छु अहिले ।
कोही यस्तो नाता भेटे लुट्ने घरीघरी ।
कोहि भने खुट्टा तान्न जुट्ने घरीघरी ।।
बुझ्दैछु यो जिन्दगानी दुनियाँलाई चियाउदै
नबोलेरै व्यबहारले कुट्ने घरीघरी ।।।
जयदेव गोविन्द का जोर कविता
१) दल, सम्प्रदाय र देश
हामीमा दल, राजनीति रहने हामी भएसम्म हो
नेपाली हुन पाइने दशगजा, सीमा रहेसम्म हो
देशै छैन भने करोड मनमा आशा कहाँ घुस्तछन् ?
आमा नै रहिनन् भने शिशुहरू लाम्टा कहाँ चुस्तछन् ?
के हाम्रा ‘बलभद्र,भक्ति’ दलका वक्ता प्रवक्ता बने ?
हाम्रा बुद्ध सुखी बनेर कहिले चाहिन्छ सत्ता भने ?
साँच्चै देश उठाउने मन भए चाहिन्न कुर्सी पद
मौरी मिष्ट बनाउँछन् महसुधा हून् जत्ति साना कद